अन्तर्राष्ट्रिय
मसूद अजहर अन्तरराष्ट्रिय आतंककारी घोषित
०

१९ बैशाख नयाँ दिल्ली (भारत)
संयुक्त राष्ट्र संघले बुधवार पाकिस्तानी चरमपन्थी समूह जैश ए–मोहम्मदका नेता मसूद अजहरलाई आतंककारी घोषणा गरेको छ । यो संगठनले गत फेब्रुअरीमा भारत नियन्त्रित काश्मिरमा आत्मघाती बम आक्रमण गरेको थियो । उक्त आक्रमणमा परी ४० भारतीय सैनिकको ज्यान गएको थियो ।
यसअघि चीनले अजहरलाई आतंककारी घोषणा गर्ने विषयमा आपत्ति व्यक्त गर्दै आएको थियो । आफ्नो अडानबाट चीन पछि हटेसँगै उनलाई आतंककारी घोषणा गरिएको हो । यसलाई भारतको महŒवपूर्ण कूटनीतिक जितको रूपमा हेरिएको छ । यससँगै अजहरको सबै सम्पत्ति जफत गरिनेछ भने उनलाई भ्रमणमा पनि रोक लगाइएको छ । एजेन्सी
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>