देश/प्रदेश

प्रधानमन्त्री ओलीद्वारा फेरि समर्थन गर्न राजपा नेपाललाई आग्रह

Banner

काठमाडौँ, माघ २६ –

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई फेरि समर्थन दिन आग्रह गरेका छन्।

विश्व मजदुर दिवसका अवसरमा राजधानी काठमाण्डूमा आज आयोजित एउटा कार्यक्रमलाई सम्बोधन गर्दै उनले सबै पक्ष मिलेर काम गर्नुपर्नेमा जोड दिए।

कार्यक्रमलाई आफूभन्दा पहिला सम्बोधन गरिसकेका राजपा नेपालको अध्यक्षमण्डलका एक सदस्य राजेन्द्र महतोतर्फ इङ्गित गर्दै प्रधानमन्त्री ओलीले भने, “सरकारले राम्रो काम गर्न थाल्दा उहाँहरूले समर्थन फिर्ता लिइहाल्नुभयो। अचम्म लाग्छ।”

टीकापुर घटनामा एउटा अदालतले दोषी ठहर गर्दै रेशम चौधरीलाई जन्मकैद सुनाएपछि राजपा नेपालले ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।

समीकरण

हुन त समर्थन दिए पनि राजपा नेपाल सरकारबाहिर रहँदै आएको छ।

समर्थन फिर्ता लिएपछि टीकापुर घटना बारेको पूर्व न्यायाधीश गिरीशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजपा नेपालले विरोधका कार्यक्रम समेत गर्दै आएको छ।

सरकारलाई समर्थन दिने वा नदिनेबारे राजपा नेपालका नेताहरूले अहिलेसम्म केही स्पष्ट पारिसकेका छैनन्।

राजापा नेपालले समर्थन फिर्ता लिए पनि सत्ता समीकरणको गणितमा त्यसले कुनै असर चाहिँ पारेको छैन।

मिलेर काम गर्दा उपलब्धि हुनेरहेछ भन्ने कुरा राजनीतिक दलहरूले मजदुरहरूबाट सिक्नुपर्ने ओलीको भनाइ छ।

उनले भने, “सबै राजनीतिक दल तथा सङ्घ-सङ्गठन लगायतलाई म आग्रह गर्न चाहन्छु नचाहिने कुरामा नअल्झिउँ।”

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस लगायत कतिपय आलोचकले दुई तिहाइ सरकारले पनि अपेक्षित काम गर्न नसकेको भन्दै आलोचना गरिरहँदा ओलीले उपलब्धिबारे आफूले वर्णन गरिरहन जरुरी नभएको टिप्पणी गरे।

“इतिहासमा कसैले नदेखेको र नगरेको काम [वर्तमान] सरकारले गरेको छ।”

प्रधानमन्त्री ओलीले त्यसो भनिरहँदा कार्यक्रमका सहभागीहरू गलल्ल हाँसेका थिए।

पछिल्लो समय खासगरी देशका विभिन्न ठाउँमा सार्वजनिक जग्गा व्यक्तिका नाममा गरिएको भनिएका घटनालाई लिएर सरकारको चर्को आलोचना भइरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>