वागमती

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको पूर्वाधार बन्दै

Banner

काठमाडौँ, माघ २६ –

विज्ञान तथा प्रविधिको क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको उत्कृष्ट शैक्षिक केन्द्रका रुपमा विकास गर्न मदन भण्डारी विज्ञान तथा प्रविधि प्रतिष्ठान विश्वविद्यालय स्थापनाका लागि पूर्वाधार विकास समिति गठनको तयारी भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पूर्वाधार विकास समिति गठनका लागि सम्भावित व्यक्तिको नामावली, प्रतिष्ठानका लागि प्रस्तावित स्थल र बजेटको प्रवन्धको गृहकार्य गरेको हो । यही माघ २१ गते बसेको मन्त्रिपरिषद्को बैठकले विश्वविद्यालयको पूर्वाधार तयारी विकास समिति गठन आदेश, २०७५ स्वीकृत गरेकाले अव अन्य तयारीका लागि काम शुरु भएको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>