समाचार

प्रदेशले सार्वजनिक बिदा घोषणा गर्दा संघका कार्यालयमा पनि लागू हुने

Banner

काठमाडौं– प्रदेश सरकारले घोषणा गरेको बिदा संघ सरकार मातहतका कार्यालयमा समेत लागू हुने भएको छ ।

मन्त्रिपरिषदको बैठकले प्रदेश सरकारले बिदा दिँदा संघ सरकार मातहतका कार्यालयमा समेत बिदा हुने निर्णय गरेको हो ।

यसअघि प्रदेशले सार्वजनिक बिदा दिँदा पनि प्रदेशअन्तर्गत रहेका संघ सरकार मातहतका कार्यालय भने सञ्चालनमा रहन्थे । जसका कारण सार्वजनिक बिदाको विषयमा संघ र प्रदेश सरकारबीच विवाद रहँदै आएको थियो ।

मन्त्रिपरिषद बैठकले प्रदेश सरकारले ६ दिन छुट्टै सार्वजनिक बिदा घोषणा गर्न पाउने समेत निर्णय गरेको छ ।

मन्त्रिपरिषदको निर्णयसँग प्रदेश सरकारले आफ्नो विशेषताअनुसार संघीय सरकारले दिएको भन्दा छुट्टै ६ दिन सार्वजनिक बिदा दिन पाउने छ ।

तर उपत्यकाको हकमा भने गृह मन्त्रालयले सूचना जारी गरेपछि मात्र विदा हुने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>