देश/प्रदेश
काठमाडौं महानगरपालिकाले दियो प्रधानमन्त्री दैवी उद्धार कोषलाई ४० लाख
०
काठमाडौं– काठमाडौँ महानगरपालिकाले प्रधानमन्त्री दैवि प्रकोप उद्धारकोषलाई ४० लाख ३१ हजार ४ सय १३ रुपैँयाको चेक हस्तान्तरण गरेको छ ।
महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाले संयुक्तरुपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्रिपरिषदको कार्यलय सिंहदरबार पुगेर रकम हस्तान्तरण गरेका हुन् ।
बारा र पर्सा जिल्लाका हावाहुरी प्रभावितलाई महानगरपालिकाबाट २५ लाख र कर्मचारीको एक दिनको तलब सहयोग गर्ने निर्णय महानगरपालिकाले यस अघि नै गरेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>